सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीको निर्देशन – जे जे गर्नुछ, गरौं, शनिबार वार कि पार गरौं ! यस्तो छ तयारी

ओलीको निर्देशन – जे जे गर्नुछ, गरौं, शनिबार वार कि पार गरौं ! यस्तो छ तयारी

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 6.6K
    SHARES

  • ओलीको निर्देशन – जे जे गर्नुछ, गरौं, शनिबार वार कि पार गरौं ! यस्तो छ तयारी

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले शनिबारसम्म पार्टी विवाद टुंग्याउन निर्देशन दिएका छन् । पार्टी पदाधिकारीलाई बुधबार थापाथलीमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

    ओलीको यो निर्देशनसँगै लामो समयदेखि देखिएको विवाद शनिबारसम्म वार–पार लाग्ने भएको छ । 

    ‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न । शनिवारसम्म कि वार कि पार गरौँ,’ पार्टी मुख्यालयमा बुधबार ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने, ‘जे जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनूस्। सबै त्यहीँबाट टुंग्याऊँ।’

    ओलीको निर्देशनपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि सक्रिय भएका छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एकताको टाइमलाइन बताएका थिए। 

    संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ। 
    पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिने विषयमा बहस भए पनि पछिल्लो समय नेता नेपाल त्यसप्रति पनि सकारात्मक छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend