काठमाडौं - विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उनले एमाले उपाध्यक्षबाट राजीनामा दिइन् । सँगसँगै अखिल नेपाल महिला संघको अध्यक्ष पनि छाड्न् ।
भण्डारीले नेतृत्व छाडेपछि सीतादेवी पौडेल महिला संघको अध्यक्ष बनिन् । महिला संघको अध्यक्ष बनेर पार्टी राजनीतिमा लागिरहेकी थिइन् ।
यसबीचमा एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपामा विवाद बढ्दै गयो । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी आ–आफ्नो बाटो लागे ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरे । उनको ठाउँमा अनेमसंघकी अध्यक्ष पौडेललाई नियुक्त गरे । पाँच महिना प्रदेश प्रमुख बनेकी पौडेलको अहिले जागिर चैट भएको छ ।
मंगलबार राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशको प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।
ओलीकै साथ लाग्दा अहिले पौडेलको न त प्रदेश प्रमुख रह्यो, न त महिला संघको अध्यक्ष पद नै रह्यो । मंगलबार बिहान मात्रै अनेमसंघको अध्यक्ष थममाया थापालाई बनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।