सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

मन्त्रीको भागबण्डा गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

मन्त्रीको भागबण्डा गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 6.2K
    SHARES

  • मन्त्रीको भागबण्डा गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

    काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

    मन्त्रिपरिषद् विस्तार लगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट २ मन्त्री र १ राज्यमन्त्री छन् भने माओवादीबाट २ जना मन्त्री छन् ।

    जसपा भित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निश्रपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको हो । जसपामा सरकारमा जाने भएको छ ।

    गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल समेत सहभागी भएका थिए । एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्ष सत्तारुढ बनेको थियो तर एमाले सांसद सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend