काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले टेलिफोन गरेका छन् ।
मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनीले टेलिफोन गर्दै नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि अमेरिकी सहायताका लागि धन्यवाद समेत दिए ।
कोरोनाविरुद्ध खोप सहायता, जलवायु परिवर्तन साथै द्विपक्षीय साझेदारीबारे छलफल केन्द्रित रहेको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै टेलिफोन वार्ताबारे जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनीले पनि आफ्नो ट्वीटरमा समेत प्रधानमन्त्री देउवासँगको संवादबारे जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज कुरा गर्न पाउँदा मलाई खुसी लाग्यो । अमेरिका–नेपाल साझेदारीको प्रगति साथै कोभिड–१९ विरुद्ध हाम्रो साझा लडाइँ र जलवायु परिवर्तनको असरबारे हामीले छलफल गर्यौं ।’
देउवाले १५ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराएकोमा अमेरिका सरकारलाई धन्यवाद दिए । उनले कोरोनाको तेस्रो लहरबाट बच्न थप खोप सहायताका लागि आग्रह पनि गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।