काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।
आज मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्त गरेका लुम्बिनीका धर्मनाथ यादव र गण्डकीमा सिता पौडेललाई बर्खास्त गरेर शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त र बर्खास्त गर्ने प्रावधान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।