सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

प्रधानमन्त्रीले राज्यमन्त्रीलाई सपथ खुवाउँदा मन्त्री जति कुर्सीमा, संस्कार कता हरायो ?

प्रधानमन्त्रीले राज्यमन्त्रीलाई सपथ खुवाउँदा मन्त्री जति कुर्सीमा, संस्कार कता हरायो ?

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 8.0K
    SHARES

  • प्रधानमन्त्रीले राज्यमन्त्रीलाई सपथ खुवाउँदा मन्त्री जति कुर्सीमा, संस्कार कता हरायो ?

    काठमाडौं - नेपालका नेताहरूको राजनीतिक क्षयीकरण कतिसम्म भएको रहेछ भन्ने उदाहरण आइतबार अपराह्न सिंहदरबारमा देखियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम थियो । सपथ कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको थियो ।

    प्रधानमन्त्री देउवाले उभिएर राज्यमन्त्री श्रेष्ठलाई सपथ खुवाउन लागे । तर, उनका मन्त्रिपरिषद्का सबै मन्त्री कुर्सीमा बसिरहे । मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार मात्र हुन् ।

    प्रधानमन्त्री उपस्थित कार्यक्रममा प्रधानमन्त्रीले उभिएर सपथ गराउँदा कम्तीमा पनि अन्य मन्त्रीहरू उभिएको भए राजनीतिक संस्कार पनि हुन्थ्यो । तर,

    मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाल कुर्सीमा बसिरहेको तस्बिर सार्वजनिक भएपछि चौतर्फी यसको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend