आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुराम भट्टराईको घृणित अभिव्यक्तिविरुद्ध सडकमै पोखियो आक्रोश

बाबुराम भट्टराईको घृणित अभिव्यक्तिविरुद्ध सडकमै पोखियो आक्रोश

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 5.8K
    SHARES

  • बाबुराम भट्टराईको घृणित अभिव्यक्तिविरुद्ध सडकमै पोखियो आक्रोश

    काठमाडौं – राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

    काठमाडौंको बालकुमारीमा रहेको जसपा पार्टी कार्यालय आगाडि अभियानका संयोजक विनय यादवको नेतृत्वमा रहेको टोलीले हिन्दूत्व विरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरेको हो ।

    प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताले दलाल बाबुराम–मुर्दावाद, देश बेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम–मुर्दावाद र मातृभूमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दूत्व विरोधी घृणा फैलाउने स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै हिन्दूत्व विरोधी घृणा फैलाउने अभिव्यक्ति दिँदै आएकाले उनको पुतला दहन गरिएको बताए ।

    उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई विदेशी दलाल हुन्, पछिल्लो समय उनी हिन्दूत्व विरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन् । उनी चर्चका एजेण्ट हुन् ।’

    २ दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दूध सहितका वस्तु भगवानलाई चढाएको तस्वीरलाई ट्वीट गर्दै हिन्दूत्व विरोधी घृणा फैलाउने स्ट्याटस लेखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend