सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

एमालेलाई हुकुमी सनकमा चलाउँदै ओली : क्षणभरमै गद्दार, क्षणभरमै आममाफी

एमालेलाई हुकुमी सनकमा चलाउँदै ओली : क्षणभरमै गद्दार, क्षणभरमै आममाफी

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 7.0K
    SHARES

  • एमालेलाई हुकुमी सनकमा चलाउँदै ओली : क्षणभरमै गद्दार, क्षणभरमै आममाफी

    काठमाडौं- यतिबेला एमाले अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणाबारे व्यापक टीकाटिप्पणी भइरहेको छ ।

    बिहीबारको केन्द्रीय कमिटी बैठकमा ओलीले माधव पक्षलाई ‘विगतका गल्ती भुलेर आए आममाफी दिन्छु’ भनेर घोषणा गरेका थिए । ओलीको यो घोषणाले एमाले कस्तो सनकको भरमा चलेको पार्टी रहेछ भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

    पार्टी सञ्चालन एउटा विधि र पद्धतिका आधारमा चल्छ । यसका आफ्नै मूल्य मान्यता हुन्छ । तर, ओलीले एमालेलाई सनक र लहडका भरमा चलाइरहेका छन् । बालुवाटारबाट हट्नुपर्दाको आक्रोश उनले बालकोटको बार्दलीमा उभिएर व्यक्त गरे ।

    उनले आफ्नो पार्टीको सरकार हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माधव नेपाल गद्दार भएको घोषणा गरेका थिए । तर, अहिले उनी माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको, आममाफी दिन तयार भएको बताउन थालेका छन् ।

    ओली यो हदसम्म यु टर्न किन भए ? अहिले यसको कारण खोजी भइरहेको छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा भने ओलीले सनककै भरमा चलाउन थाल्दा पार्टी तहसनहस भइसकेको छ ।

    पार्टीमा यतिसम्मको अराजकता बढेको छ कि खुलेआम पार्टी अध्यक्षमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीकै नेताहरूले ओलीलाई तल्लोस्तरको गालीगलौज गर्न थालेका छन् ।

    यसको दोषी ओली नै हुन् । किनभने आफू पक्षधरलाई च्पाप्ने र विरोधीलाई भित्तामा पुर्याउने काम ओलीले गर्दै आएका छन् । कम्युनिस्ट पार्टी एउटा सिस्टममा चलेको हुन्छ ।

    सर्वहारा र मजदुर तथा गरिबको पार्टी भनिन्छ । तर, एमाले अहिले सामन्तवादी पार्टीमा रुपान्तरण भइसकेको छ । त्यही भएकाले ओलीले क्षणभरमै गद्दार घोषणा गर्ने र क्षणभरमै आममाफी दिने भन्दै आफूलाई महाराज सम्झेका छन् भने माधव पक्षलाई दास सम्झेका छन् ।

    सामन्ती राजाहरुले मात्र दासहरूलाई माफी दिन्थे । ओलीले एमालेलाई त्यही अवस्थामा पुर्याएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend