सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सत्ता दोहन : केपी ओलीले खाजा मात्रै ४ करोडको खाएछन् !

सत्ता दोहन : केपी ओलीले खाजा मात्रै ४ करोडको खाएछन् !

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 12.2K
    SHARES

  • सत्ता दोहन : केपी ओलीले खाजा मात्रै ४ करोडको खाएछन् !

    काठमाडौं – सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ?

    २०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँ माथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ७२ घण्टाभित्र सार्वजनिक गर्ने ।

    यो प्रक्रिया शुरु भएबाट शासक मात्र होइन, कार्यालयमै बसेर भ्रमण भत्ता बुझ्ने प्रशासक समेत तिल्मिलाए । तिनका खेतीपातीमा खडेरी लाग्यो । २०७४ सालमा बालकोटबाट केपी शर्मा ओली बालुवाटार छिरेसँगै त्यो प्रक्रिया अवरुद्ध भयो ।

    बरु प्रधानमन्त्रीको ठाडो आदेशमा कैयौं बिल गोप्य राख्ने र त्यही आधारमा भुक्तानी दिने प्रक्रिया यसरी अघि बढ्न थाल्यो कि अहिले त्यही खर्चमा महालेखा परीक्षकको कार्यालयले चासो देखाउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारी जवाफ दिँदैमा हत्तु छन् ।

    पहिलो पटक ओली प्रधानमन्त्री हुँदा गोप्य रुपमा बालुवाटारले खाजाखर्चबापत ६० लाख भुक्तानी दियो । २०७७ पुस ५ गते प्रतिनिधिसभाको पहिलो अवसानपछि आफ्नो पक्षमा उत्रिएका वकिलहरूलाई राज्यकोषबाट आधा करोड भुक्तानी दिने काम भयो ।

    जाँदाजाँदै ओलीले खाजा खर्चमै राज्यको ४ करोड चुना लगाएको हिसाब पनि भेटियो । यी खर्चलाई महालेखाले कैफियत भनेको छ ।

    ३ वर्ष ३ महिना बालुवाटारमा रहेर अघिल्लो हप्ता बालुवाटार छाडेका ओलीले पछिल्लो १ वर्षमा मात्र खाजा शीर्षकबापत सिंहदरबारबाट ४ करोड भुक्तानी गराएको चर्चा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्याप्त छ । आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend