सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बाहुबली शासकबाट ‘बार्दली बा’मा झरेका ओली

बाहुबली शासकबाट ‘बार्दली बा’मा झरेका ओली

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 7.6K
    SHARES

  • बाहुबली शासकबाट ‘बार्दली बा’मा झरेका ओली

    काठमाडौं - साढे तीन वर्षअघि कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइ मत पाएपछि एमालेका अध्यक्ष केपी ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका थिए ।

    २०१५ सालमा नेपाली कांग्रेसका प्रधानमन्त्री बीपी कोइरालापछि ओलीलाई सर्वाधिक शक्तिशाली मानिएको थियो । तर साढे तीन वर्षमै ओली कमजोर मात्र सावित भएका छैनन्, राजनीतिक भविष्य पनि समाप्त पारेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर देशलाई उत्तर कोरियाको जस्तो गरी चलाउने ओलीको चाहनामा एमालेकै माधवकुमार नेपाल बाधक बन्न पुगे । ओलीलाई सडकमा नझारी नछाड्ने कसम खाएका नेपालले ओलीलाई बाहुबलीबाट लुतेमा परिणत गरिदिएका छन् ।

    इतिहासमा यस्ता घटना विरलै हुन्छन् । अन्य देशमा पनि नभएका होइनन् । नेपालमा पनि यस्ता घटना पहिले पनि देखिएकै हुन् । तर, अहिले दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार कसरी आफ्नै दुन्धुभी चरित्रका कारण विस्थापित बन्न पुग्यो भन्ने महत्वपूर्ण हो । ओलीले यति चाँडै आफ्नो भुइँमा आइपुग्छु भनेर सायदै सोचेका थिएनन् होला । 

    आफू प्रधानमन्त्रीबाट हटे पनि एक महिनाभित्रै फेरि बालुवाटारमा फर्किने उनको रणनीति थियो । त्यसैले उनले आफ्ना पार्टीका सांसदलाई विभिन्न प्रलोभन दिएर राखेका थिए ।

    तर एक्कासि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिने निर्णय गरेपछि ओली छाँगाबाट खसेझैं भए । देउवाको गुरिल्ला शैलीबारे ओलीले सुइँकोसमेत पाएनन् । अन्तिममा विश्वासको मत प्रकरणले एमालेलाई देउवाले छिन्नभिन्न बनाइदिए ।

    हिजोसम्म २३ सांसद मात्र माधवकुमार नेपाल पक्षमा थिए तर आइतबार रातिसम्म आइपुग्दा त्यो संख्या बढेर ३४ पुगेको छ । अब ओलीले ती ३४ जनालाई नै कारबाही गर्छन् कि मिलाएर पार्टी चलाउँछन् केही दिन कुर्नुपर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend