सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाका ज्योतिषीको खुलासाले कांग्रेससमा खुसियाली, यसरी बन्दैछन् शक्तिशाली प्रधानमन्त्री

देउवाका ज्योतिषीको खुलासाले कांग्रेससमा खुसियाली, यसरी बन्दैछन् शक्तिशाली प्रधानमन्त्री

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 6.4K
    SHARES

  • देउवाका ज्योतिषीको खुलासाले कांग्रेससमा खुसियाली, यसरी बन्दैछन्  शक्तिशाली प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक आह्वान भएको पहिलो दिन नै विश्वासको मत लिने तयारी थालेपछि सनसनी मच्चिएको छ ।

    प्रधानमन्त्री बनेको ६ दिनमै देउवाले विश्वासको मत लिन खोज्नुलाई धेरैले परिपक्व निर्णय भनेका छन् । यसैक्रममा प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले आज विश्वासको मत लिन विशेष कार्यसिद्धि योग परेको बताएका छन् ।

    ज्योतिष रिजालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो भविष्यवाणी गरेका हुन् । उनले लेखेका छन्– ‘सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ।'

    'शक्तिको उपासना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरु भएको गुप्त नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लगि आजको दिन विशेष कार्यसिद्धिको योग परेको छ । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने छ ।’

    कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका एमालेका माधव नेपाल पक्षका २२, पछिल्लो समय उपेन्द्र यादवको पक्षका १९, राजमो र स्वतन्त्र सांसद एक/ एकजनागरी जना गरी देउवाको पक्षमा १५२ सांसद रहेको बताइएको छ ।

    एमालेका झलनाथ खनालको भारतमा उपचार भइरहेकाले उनी उपस्थित हुने छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend