सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवाले आजै विश्वासको मत लिने भएपछी यी कम्युनिस्ट नेतामा सन्नाटा !

देउवाले आजै विश्वासको मत लिने भएपछी यी कम्युनिस्ट नेतामा सन्नाटा !

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 5.8K
    SHARES

  • देउवाले आजै विश्वासको मत लिने भएपछी यी कम्युनिस्ट नेतामा सन्नाटा !

    काठमाडौं - दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे बस्ने भएको छ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद् बैठकको पत्र पढेर सुनाउने कार्यतालिका छ ।

    यसैगरी, मन्त्रिपरिषद्को गठन र मन्त्रीहरूको कार्यविभाजनबारे जानकारी गराइने भएको छ । यस्तै, विभिन्न सांसदरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

    संघीय संसद, प्रतिनिधिसभा कार्यब्यवस्था परामर्श समितिको बैठक सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा विहान १० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्दै छ । संसद्को पहिलो बैठक भएकाले अन्य कार्यसूची केही तय गरिएको छैन ।

    तर, एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बासकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने संकेत गरेका छन् । नेता बासकोटाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।

    उनले ट्विटरमा लेखेका छन्– ‘आजै लिने भएछन् विश्वासको मत ।हिजोको काँडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम ।’ एमालेमा किचलो देखिएकाले तत्कालै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन सक्ने उनको आशंका छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend