आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसपछि माओवादीका यी २ मन्त्री नियुक्त, खाए शपथ

कांग्रेसपछि माओवादीका यी २ मन्त्री नियुक्त, खाए शपथ

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 7.0K
    SHARES

  • कांग्रेसपछि माओवादीका यी २ मन्त्री नियुक्त, खाए शपथ

    काठमाडौं – नेकपा माओवादी केन्द्रले सत्ता साझेदारीलाई मूर्त रूप दिँदै २ नम्बर प्रदेश सरकारमा सहभागिता जनाएको छ ।

    माओवादीका २ जना सांसद मन्त्री नियुक्त भएर शनिबार शपथ ग्रहण गरेका छन् ।

    माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुवि कर्णले शपथ खाएका छन् ।

    प्रदेश प्रमुख डा. राजेश झाले मन्त्री साह र मुख्यमन्त्री लालबाबु राउतले रुवि कर्णलाई शपथ गराएका छन् । दुबै जनाले नेपाली भाषामा शपथ खाएका छन् ।

    सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नै मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको छ ।

    आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहालाई राजीनामा गराएर माओवादीका मन्त्री बनाइएको छ ।

    साह महोत्तरी क्षेत्र नम्बर १(२) बाट निर्वाचित सांसद हुन् भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद् रहेकी छन् ।

    नेपाली कांग्रेस यसअघि नै सरकारमा सहभागी भइसकेको छ । भागबण्डा नमिल्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend