आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भागबण्डा मिल्यो ! माओवादीका १ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

भागबण्डा मिल्यो ! माओवादीका १ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 10.4K
    SHARES

  • भागबण्डा मिल्यो ! माओवादीका १ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

    काठमाडौं – गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ ।

    २ नम्बर प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको नेतृत्वमा नेपाली कांग्रेसको सरकार छ ।

    अब सरकारमा माओवादी केन्द्र समेत सहभागी हुने सहमति जुटेको छ । यसअघि मन्त्रालयमा भागबण्डा नमिलेपछि माओवादी सरकारमा गएको थिएन ।

    माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुन तयारी छ । प्रदेश सांसद साहले १ मन्त्री र १ राज्यमन्त्रीसहित प्रदेश सरकारमा सहभागी हुन लागेको जानकारी दिए । राज्यमन्त्रीमा रुवीकुमारी कर्ण सहभागी हुने भएकी छन् । २ नम्बर प्रदेशमा जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री रहेका छन् ।

    सरकारमा जाने सहमति भएपनि मन्त्रालयको टुंगो भने लागिसकेको छैन । अर्थ, आन्तरिक मामिला, वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्रालय पाइने साहले जानकारी दिए ।

    सरकारमा सहभागी  हुने मन्त्रीहरुको शपथग्रहण भोलि हुने सांसद साहले बताएका छन् । यसअघि मुख्यमन्त्री राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।

    जसपाभित्र विवाद चर्किएपछि मुख्यमन्त्री राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदलाई हटाएका थिए । त्यसपछि कांग्रेस र माओवादी सरकारमा सहभागी हुन सहमत भएका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend