आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीपछि को बन्छ राष्ट्रपति ? सत्तारुढ दलका नेताबाटै यस्तो प्रस्ताव !

विद्या भण्डारीपछि को बन्छ राष्ट्रपति ? सत्तारुढ दलका नेताबाटै यस्तो प्रस्ताव !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 11.8K
    SHARES

  • विद्या भण्डारीपछि को बन्छ राष्ट्रपति ? सत्तारुढ दलका नेताबाटै यस्तो प्रस्ताव !

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी संविधानविपरीत चल्ने र पदको शिष्टाचार मर्यादासमेत कायम गर्न नसकेपछि उनको विकल्प खोज्न थालिएको छ ।

    केपी ओली प्रधानमन्त्रीबाट पदच्यूत भएदेखि विक्षिप्त बनेकी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई औपचारिक बधाईसमेत दिइनन् ।

    त्यति मात्र होइन, उनले नियुक्तिमै बखेडा नै झिकिन् । त्यसैले उनको विकल्पबारे सत्तारुढ दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    यसैक्रममा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिको विकल्प खोज्नुपर्ने बताएका छन् ।

    वर्तमान संवैधानिक राष्ट्रपति भण्डारीको भूमिका सन्तोषजनक नभएको भन्दै उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प अघि सारेका छन् । तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उनको धारणा छ ।

    बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है । त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend