सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

देउवा सरकारको पहिलो नियुक्ति खान पाउने यी हुन् भाग्यमानी !

देउवा सरकारको पहिलो नियुक्ति खान पाउने यी हुन् भाग्यमानी !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 13.2K
    SHARES

  • देउवा सरकारको पहिलो नियुक्ति खान पाउने यी हुन् भाग्यमानी !

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार बनेपछि पहिलो नियुक्ति खान पाउने भाग्यमानी बनेका छन् सुदूरपश्चिम प्रदेशको विकट बाजुरा जिल्लाका अधिवक्ता खम्मबहादुर खाती ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधिवक्ताको नियुक्ति मिलेको छ ।

    बिहीवार राष्ट्रपति भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्मबहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ma.jpg

    यसअघि, राष्ट्रपति भण्डारीबाट संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सर्वाेच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलोपटक बैठक बस्ने भएको छ ।

    prs.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend