काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २ वटा निर्णय गरेको छ ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा बैठक बोलाउने र सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थप सम्बन्धी निर्णय गरेको हो ।
बैठकले साउन ३ गते आइतवार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा आयोगका पदाधिकारीको र आयोगको कार्यविधिको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव शंकरदास बैरागी लगायत ६ जनाको उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।