सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सिंहदरबारमा दिउँसै मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुनसक्ने

सिंहदरबारमा दिउँसै मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुनसक्ने

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३१ २०७८

  • 8.5K
    SHARES

  • सिंहदरबारमा दिउँसै मन्त्रिपरिषद् बैठक बस्दै, महत्त्वपूर्ण निर्णय हुनसक्ने

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा मन्त्रिपरिषद्का बैठक साँझ वा रातितिर बस्ने गरेका थिए । अधिकांश मन्त्रिपरिषद्का बैठक अपराह्न ४ बजेअघि बसेको पाइँदैन ।

    ओलीकालमा साँझ सुरु हुने बैठकका निर्णय राति परेपछि मात्रै बाहिरिने गरेका थिए । अब ती परम्परा तोडिन थालेका छन् ।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसै मन्त्रिपरिषद् बैठक राख्न थालेका छन् ।  देउवाले आज बिहीबार दिउँसो २ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

    प्रधानमन्त्री देउवा नियुक्त भएपछि आज मन्त्रिपरिषद्को दोस्रो बैठक बस्न लागेको छ, यसअघि शपथ लिएकै दिन बैठक बसेको थियो ।

    मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण निर्णय लिनसक्ने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend