सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कम्युनिस्ट परित्याग गरी २२ जना पार्टी प्रवेश, कांग्रेस नेता खतिवडाले गरे भव्य स्वागत

कम्युनिस्ट परित्याग गरी २२ जना पार्टी प्रवेश, कांग्रेस नेता खतिवडाले गरे भव्य स्वागत

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 9.1K
    SHARES

  • कम्युनिस्ट परित्याग गरी २२ जना पार्टी प्रवेश, कांग्रेस नेता खतिवडाले गरे भव्य स्वागत

    काठमाडौं – कम्युनिस्ट पार्टीमा देखिएको विवाद र विग्रहबाट वाक्क भएका ओखलढुंगाका २२ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नवप्रवेशीलाई नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले भव्य स्वागत गरेका छन् ।

    नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला सचिवालय सदस्य तथा वडाध्यक्षका प्रत्यासी पूर्णबहादुर खड्का ‘पुजन’, पूर्व गाविस उपाध्यक्ष तथा नेकपा जिल्ला सल्लाकार सदस्य जयप्रसाद सुवेदीसहित लिखु–२ र ५ का २२ जना कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

    लिखु गाउँपालिका कार्यसमिति ओखलढुंगाले आयोजना गरेको पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले भने, ‘नवप्रवेशी साथीहरू, तपाईंहरू लोकतान्त्रिक युद्ध लड्न आउनुभएको छ, मलाई पूर्ण विश्वास छ – हामी सधैं सँंगै मिलेर जित्ने छौं । मलाई पार्टीले ५ वर्षका लागि विश्वास गरेर टिकट दिएको छ, मलाई दिएको जिम्मेवारीलाई मन, वचन र कर्मले सक्ने कुरामा सधैं न्याय र सत्य पक्षमा सधैं लाग्नेछु ।’

    झण्डै दुईतिहाइको सरकारको अवस्था बेहाल देखिएको नेता खतिवडाले बताए । ‘हामीले देख्यौं – घरघरमा पाइपबाट ग्यास, पानीजहाज, रेल जस्ता मिठा सपनाहरू बाँडियो तर ३ वर्षमा कुनै पूरा भएनन् । त्यसैले आज साथीहरूलाई यसरी पार्टी परिवर्तन गर्न बाध्य बनाइयो,’ उनले भने, ‘नाम वामपन्थी, देवता रामपन्थी र काम दामपन्थी । जे काम गर्दा नि खानु नै पर्ने । सही मान्छेलाई उचित पद नदिँदा आज लोकतन्त्र नै खतरामा पर्‍यो ।’ वडाको चुनाव हारेकालाई राष्ट्रिय सभामा ल्याइएको र मेयरको टिकट पाउनेलाई मन्त्री बनाइएको उनले बताए ।

    undefined

    कम्युनिस्ट सरकारको ३ वर्षको पालामा देशलाई अन्धकारमा लाने काम भएको र केपी ओलीलाई प्रधानमन्त्री र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनेबाहेक केही काम नगरेको आरोप उनले लगाए । ‘दुईतिहाईको सरकार हुँदा हामीले १ दिन चक्काजाम, बन्द, हड्ताल र ब्रिफकेश खोस्न गएनौं । सधै सालिन प्रतिपक्षको भूमिकामा सहयोग गरी नै रह्यो तर कम्युनिस्टले धन, बल र छलले शासन गर्दा आज यो गति भयो,’ उनले भने ।

    नेपाली कांग्रेस पार्टी सभापति प्रदिपकुमार सुनुवारले नयाँ प्रवेशीलाई उचित जिम्मेवारी दिने विश्वास दिलाएका छन् । ‘हातेमालो गर्दै हामी सँगसँगै सधैं असल बाटोमा हिँड्ने छौं । नेपाली कांग्रेस फुलेको बेला, काउला पलाएको बेला हामी सबै साथीहरूले थप बल गरेर देशलाई सही बाटोमा लानुपर्ने भएको छ । तपाईंहरू विश्वस्त रहनुस्, तपाईंहरूको जिउधनको जिम्मा नेपाली काग्रेसले लिन्छ ।’

    undefined

    पार्टी परित्याग गर्दै पूर्णबहादुर खड्का ‘पुजन’ले लोकतन्त्रको रक्षा नेपाली काग्रेसले गर्छ भन्ने विश्वासले आफू प्रवेश गरेको बताए । ‘अहिलेका कम्युनिस्ट पार्टीलाई देख्दा म कतै नाङ्गै त छैन भन्ने अनुभूति हुन्छ । कम्युनिस्टहरू सर्वहारा वर्गको नाम जप्ने अन्ततः सम्राज्यवादको डण्डी हल्लाउने प्रवृत्तिले गर्दा कम्युनिस्टसँग दिक्क लाग्छ,’ उनले भने, ‘मैले सुदूर पुर्व बढी नै काम गरेको हुनाले आजको मेरो प्रवेशले ओखलढुंगाको पुर्वी क्षेत्रमा धेरै खुशी छु ।’

    undefined

    कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा, जिल्ला पार्टी सभापति प्रदीप कुमार सुनुवार, उपसभापती तेजेन्द्र खनाल, सचिवद्वय नवराज केसी र रुद्र अधिकारी, नेता अशोक कार्की, अजय लुइँटेल, होमबहादुर विकले पार्टी प्रवेश गराएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend