आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले भेटेपछि माधव नेपालसँग भीम रावलको भेटवार्ता, एमालेमा के होला ?

देउवाले भेटेपछि माधव नेपालसँग भीम रावलको भेटवार्ता, एमालेमा के होला ?

  • मिडिया डबली
  • बुधवार, आषाढ ३० २०७८

  • 11.4K
    SHARES

  • देउवाले भेटेपछि माधव नेपालसँग भीम रावलको भेटवार्ता, एमालेमा के होला ?

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै कोटेश्वरस्थित निवासमा एमाले नेता माधवकुमार नेपालसँग उपाध्यक्ष भीम रावलले भेटवार्ता गरेका छन् ।

    पार्टीमा देखिएको विवाद समाधानका लागि गठित  कार्यदलमा नेता नेपाल पक्षबाट संयोजक रहेका उपाध्यक्ष रावलले सहमतीय प्रतिवेदन तयार पारेर अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई बुझाइसकेका छन् ।

    सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि एमालेभित्र विवाद चर्किएका बेला नेपाल र रावलबीच भेटवार्ता भएको छ ।

    पछिल्लो समय रावल अध्यक्ष ओलीसँग नजिक भएका चर्चा चलेका छन् । तर रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई ओलीले कार्यबाहक अध्यक्ष बनाउने प्रचार षड्यन्त्र अन्तर्गत भएको स्पष्ट पारेका छन् ।

    नेता नेपालकै निवासमा पुगेर प्रधानमन्त्री देउवाले एमाले नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन र विश्वासको मत दिन आग्रह गरेका छन् ।

    एमाले अध्यक्ष ओलीले बालुवाटारबाट निजी निवास बालकोट पुगेर एमालेमा नेता नेपालका लागि ठाउँ नभएको अभिव्यक्ति दिएका छन् । यस्तो अवस्थामा अब एमालेको भविष्य के हुन्छ ? हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend