काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली शासन सत्तामा रहँदा जनताले थुप्रै दुःख पाए । महंगी, भ्रष्टाचार, बलात्कार, अपराध लगायतका घटनाबाट जनता आजित भएर ओली सरकारको विकल्प खोजे ।
तर ओली सरकारले जाँदाजाँदै समेत जनताको ढाँड सेकिने निर्णय गरेको खुलासा भएको छ ।
निवर्तमान ओली सरकारले सार्वजनिक यातायातको भाडामा उल्लेख्य बृद्धि गरेर गएको छ ।
पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवस्था विभागको सिफारिस अनुसार ओली सरकारले २०–२८ प्रतिशतसम्म भाडावृद्धि गरेको निर्णय सार्वजनिक भएको छ । यसअघि ओली सरकारले पेट्रोलियम पदार्थमा समेत चर्काे मूल्यवृद्धि गर्दै आएको थियो ।
विभागको सिफारिसलाई असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रिस्तरीय निर्णयबाट भाडा बढाइएको छ ।
मंगलवारदेखि लागू हुने गरी यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडामा २६ प्रतिशत वृद्धि भएको छ ।
सार्वजनिक यातायातसँग अधिकांश नेपाली जनता प्रत्यक्ष जोडिने भएकाले अब मारमा पर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।