काठमाडौं - एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै निकटकाले बिगारेको आरोप लागिरहेको छ । समर्थक र कार्यकर्ताले ओलीलाई नेताभन्दा पनि भगवान बनाउन खोज्दा ओली सडकमा पुगेका हुन् ।
प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन निकै दुःखद बनेको छ । ४१ महिनापछि ओली बालुवाटारबाट बालकोट फिर्ती भएका छन् । तर, ओली समर्थकले उनलाई बालुवाटारबाट बालकोट लैजान गरेको र्याली ‘सिंघम’ फिल्मका भिलेन जयकान्त सिकडे स्टाइलमा देखियो ।
सयौं गाडी र मोटरसाइकलको लावालस्कर लगाएर ओली बालकोट फिर्ती भएका छन् । दुई–दुईचोटि प्रधानमन्त्रीबाट कार्यकाल नपुग्दै गलहत्याइएका ओलीको यसरी जयजयकार गर्नुले एमाले अब पतनको दिशामा जाने निश्चित छ ।
त्यसैले पार्टीमा कोही कसैको भगवान हुँदैन, मात्र सेवक हुन्छ भन्दै माधव नेपालहरू शुद्धीकरणको अभियानमा लागेका हुन् । निवर्तमान प्रधानमन्त्री ओलीले एउटा गाडीमा केही सीमित सुरक्षाकर्मीहरुसहित बालकोट गएको भए निकै शोभनीय हुन्थ्यो ।
कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई बालुवाटारबाट निस्किँदा एउटा छाता, ट्यांका र सुरही बोकेर निस्केका थिए । जसको अहिलेसम्म पनि प्रशंसा भइरहेको छ ।
शक्ति प्रदर्शनले संसारमा कसैलाई पनि दीर्घकालमा कुनै फाइदा भएको छैन। विवेक र प्रेमभन्दा ठूलो केही छैन। तर, ओलीमा अझै पनि दम्भ र अहंकार चुलीमै रहेको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।