सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेखन अनिवार्य छ : भीमार्जन आचार्य

प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेखन अनिवार्य छ : भीमार्जन आचार्य

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 7.1K
    SHARES

  • प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेखन अनिवार्य छ : भीमार्जन आचार्य

    काठमाडौं – संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता भीमार्जन आचार्यले प्रधानमन्त्री पदको नियुक्तिका लागि संविधानको धाराको उल्लेखन अनिवार्य रहेको जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आचार्यले यति सरल विषयमा विवाद उत्पन्न गराउन नहुने बताए ।

    राष्ट्रपति कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि विवाद भएको छ । कार्यालयले सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त भनेर विज्ञप्ति निकालेको छ ।

    विज्ञप्तिमा विवाद भएपछि देउवाको शपथ कार्यक्रममा ढिलाइ भइरहेको छ ।

    यसै सन्दर्भमा आचार्यले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री पदको नियुक्तिका लागि संविधानको धारा उल्लेखन अनिवार्य छ । यति सरल विषयमा विवाद उत्पन्न गराइ फेरि मुलुकलाई विश्व मञ्चमा बदनाम गराइँदैछ । आखिर यस्तो कार्य किन र कसका लागि पटक–पटक गरिन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend