काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा जानेबारे केही स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले पटक–पटक सरकारमा गएको मतदातालाई चित्त नबुझेकाले अब गल्ती नदोहोरिने स्पष्ट पारे ।
थापाले लेखेका छन्, ‘कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ । त्यसैले दोहोर्याएर स्पष्ट पार्न चाहन्छुः – पटक–पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । – सरकारमा गए पनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा छोडेको छैन, छोड्ने छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको बेला राप्रपा अध्यक्ष थापा चुनावी सरकारमा सहभागी हुने चर्चा चल्ने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।