काठमाडौं - नेविसंघका महामन्त्री दिपक भट्टराईले चुरेदाेहनकाे नीति फिर्ता नलिएसम्म सडक आन्दाेलन जारी रहने बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै उनले ओली सरकारको यो गैरजिम्मेवारपूर्ण कार्यको विरुद्धमा नेविसंघको आन्दोलन जारी रहने बताएका हुन् ।
चुरे दोहन, असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोध प्रदर्शनका क्रममा भर्खरै काठमाडौंको पुतलीसडकबाट पक्राउ परेका नेविसंघका नेताहरु दिपक ओझा, सुदिप अधिकारी, मिलन खतिवडा, सोम मल्ल, लोकेश कुँवर र आदित्य काफ्लेलाई तत्काल रिहाइ गर्न उनले माग गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।