आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सूर्य थापाले गरे माधव नेपालका सर्त स्वीकारेर एकता नहुने घोषणा

सूर्य थापाले गरे माधव नेपालका सर्त स्वीकारेर एकता नहुने घोषणा

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 5.3K
    SHARES

  • सूर्य थापाले गरे माधव नेपालका सर्त स्वीकारेर एकता नहुने घोषणा

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेमा देखिएको एकता भाँड्ने गरी प्रचारवाजी गरेका छन् ।

    उनले माधवकुमार नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लिखित माग स्वीकारेर पार्टी एकता नहुने घोषणा गरेका हुन् । 

    एमाले शीर्ष नेतृत्वको कुनै आधिकारिक धारणा नआई नै उनले माधवकुमार नेपालका सर्त स्वीकार गरेर एकता नहुने घोषणा गरेका छन् । 

    ओलीले एकताका लागि गरेको ६ बुँदे आह्वानको सोमबार राति नेपाल पक्षले ६ बुँदे खण्डन गर्दै अस्वीकार गरेको थियो । त्यो खण्डनको एमाले नेतृत्वले जवाफ दिन बाँकी नै छ । तर, थापाले मंगलबार बिहान ट्विटमार्फत माधव पक्षले गरेका सर्तमा बरु कांग्रेससँग एकता होला, माधव पक्षसँग एकता नहुने दाबी गरेका छन् ।

    ओलीले पार्टी एकता कायम राख्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । तर, माधव पक्षले त्यसलाई ठाडै अस्वीकार गर्दै प्रतिनिधिसभा विघटन फिर्ता लिन बटमलाइन प्रस्तुत गरेको छ । यसले ओली पक्ष निकै चिढिएको छ ।

    ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन, तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो । अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौ,’ उनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन २४ २०७७०१:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend