काठमाडौं – पदमुक्त भएका निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री रहँदासम्म आफूले गरेको आम्दानी र बचतको लेखाजोखा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दासम्म ज्ञवालीको खातामा ७ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ ।
ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५/६० बचत रहेको र केही घरायसी सामान एवं २०० जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’
मन्त्री हुँदा आफूले ९ लाखभन्दा बढी लेबी नेकपा एमाले पार्टीलाई बुझाएको ज्ञवालीले जानकारी दिए । एमाले ब्युँतिनुअघि ज्ञवालीले तत्कालीन नेकपालाई लेबी बुझाएका थिए ।
ज्ञवालीले लेखेका छन्, ‘यसअवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेबी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ ।’
ज्ञवालीले प्रयोग गर्दै आएका सवारीसाधन र ल्यापटप (म्याक बूक प्रो) मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिवार छाड्ने जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।