काठमाडौं - गोरखामा बन्ने भनिएको बुढीगण्डकी जलविद्युत आयोजनाबारे आगामी आर्थिक वर्षको बजेटमा केही पनि उल्लेख गरिएन । राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना साढे सात सय मेगावाटको जलाशययुक्त आयोजना हो ।
यो आयोजनाका लागि वर्षेनी बजेटमा उल्लेख गरिँदै आएको छ । तर, यसपटक भने आयोजनामा केही उल्लेख गरिएन । बुढीगण्डकी परियोजना अलपत्र पारियो । गोरखालाई बजेट हालिएन ।
बुढीगण्डकी परियोजना मात्र होइन, गोरखामा कुनै विकासका आयोजना नपारिनु र बजेट नहालिनुले प्रधानमन्त्री केपी ओली डा.बाबुराम भट्टराईसँग कति आक्रोशित रहेछन् भन्ने स्पष्ट हुन्छ ।
त्यसैले शनिबार बजेट भाषण सकिएलगत्तै बाबुरामले टिप्पणी गरे– चुनाव लक्षित पपुलर बजेट । कार्यान्वयन हुनै नसक्ने । एमालेले गोरखामा उम्मेदवार नउठाउने निश्चित भयो । जबकि ओलीले आफ्नो गृहजिल्ला झापामा एक दर्जन आयोजना हालेका छन् ।
उनका विश्वास पात्र गोकुल बास्कोटाले काभ्रेमा सातवटा आयोजना पारेका छन् । महेश बस्नेतले भक्तपुरमा र अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा धेरै बजेट छुट्याएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।