काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय राजधानीलाई प्रदूषणमुक्त स्वच्छ बनाउन काठमाडौंका उद्योगलाई मकवानपुरमा स्थानान्तरण गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले राजधानी काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधाप स्थानान्तरण गरिने बताएका छन् ।
स्थानान्तरण हुन चाहने उद्योगलाई १० वर्षका लागि निःशुल्क जग्गा दिइने उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।