आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटारको आठ आना जग्गा फिर्ता गर्दा विष्णु पौडेललाई १६ आना फाइदा

बालुवाटारको आठ आना जग्गा फिर्ता गर्दा विष्णु पौडेललाई १६ आना फाइदा

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 8.0K
    SHARES

  • बालुवाटारको आठ आना जग्गा फिर्ता गर्दा विष्णु पौडेललाई १६ आना फाइदा

    काठमाडौं - घुमिफिरी विष्णु पौडेल दोस्रोपटक अर्थमन्त्री बन्न सफल भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्न पौडेलले अर्थमन्त्रीमा साटेको प्रस्ट देखिएको छ ।

    केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा पनि पौडेल अर्थमन्त्री थिए । अब साढे दुई वर्षसम्म पौडेलले नै अर्थमन्त्री चलाउने निश्चित छ । तिहारपछि मन्त्रिपरिषदको व्यापक पुनर्गठन हुने प्रचार गरिएको छ । तर, त्यसो हुँदा पनि अर्थमन्त्री भने परिवर्तन हुने अवस्था छैन ।

    किनभने पौडेल नेकपाका महासचिव पनि हुन् । अहिले अर्थमन्त्री पाउनुमा बुटवलबाट स्थायी राजधानी सार्न सहमत भएकाले भए पनि पौडेल विवादको केन्द्रमा तानिएका छन् ।

    बालुवाटारको आठ आना सरकारी जग्गा कीर्ते गरेर छोरा नवीन पौडेलको नाममा खरिद गर्न सफल भएका पौडेल सो खरिद अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेपछि विष्णु पौडेल पनि विवादमा तानिएका थिए ।

    उनले सो जग्गा सुटुक्क फिर्ता गरेपछि अहिले अर्थमन्त्रीको पुरस्कार पाएका छन् । बालुवाटारको सरकारी जग्गा खरिदमा थुप्रै मुछिए पनि विष्णु पौडेललाई भने अख्तियारले नै जग्गा फिर्ता गरेको भन्दै उन्मुक्ति दियो ।

    सोही जग्गा व्यक्तिको नाममा गर्न फाइल अघि बढाएको आरोपमा कांग्रेस नेता विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०४:२६:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend