काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता एवं सुदूरपश्चिम पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनबाट आफू निकै दुःखी भएको बताएका छन् ।
‘नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख, समाजसेवी, असल, बौद्धिक एवं शालीन ब्यक्तित्वका धनी, मित्र, मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाइ अत्यन्त दुःख लागेको छ।
दुःखको यस घडीमा उहाँको आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मल्लको बिहीबार बिहान निदान अस्पताल पुल्चोकमा उपचारका क्रममा निधन भएको थियो । केही समयअघि उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा उपचार गराउँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।