जनकपुर - बाबुराम भटट्राईको पुत्ला दहन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वमा नेता भटट्राइको पुत्ला दहन गरिएको हो।
पुत्ला दहनको क्रममा अध्यक्ष शाहले बाबुराम भटट्राईलाई मधेश विरोधी भएको आरोप लगाए।
उनले भने, हामीले जुन पुत्ला दहन गरेका छौँ त्यो बाबुराम भट्टराइको विरोधमा गरेका छौँ।, बाबुरामले दिएको बक्तब्यले समग्र मधेशीमाथि आघात पुगेको छ।, त्यसैले बाबुराम मधेशी विरोधी हुन्, जुन जसपा पार्टी एकता भएको छ त्यसलाई फुटाउन बाबुराम लागि परेका छन्, संविधान घोषणा भएदेखि नै बाबुराम माधेश विरोधी गतिविधि गर्दै आएका छन्।'

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।