काठमाडौं – व्यक्तिगत रिसइबीका कारण ५ दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ ।
गोली लागेर गम्भीर अवस्था भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको १ घण्टामा नै सोमवार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले बताए ।
पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधवार राति ३ जनाको समूहले तौलिहवा–जीतपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमवार राति ८ बजे हेलिकप्टरमार्फत् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
गोली प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।
पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था सामान्य रहेको छ । उनी उपचार गरेपछि घर फर्किसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।