काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको रूपमा कोरोना भाइरस संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दा फेसबुक लाइभमा देखिने गरेका प्रा.डा. जागेश्वर गौतमले नयाँ नियुक्ति पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा.डा. गौतमलाई वीर अस्पतालको कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको छ ।
गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले बताएका छन् ।
सोमवार मन्त्रीस्तरीय निर्णयबाट प्रा.डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको रेग्मीले बताए ।
वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै गौतमले जनशक्तिको व्यवस्थापन, स्रोतसाधनको व्यवस्थापन र अन्य व्यवस्थान गरेर मुलुकभरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री लगायतको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी लिएका छन् ।
युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्ने निर्णय सरकारले गरिसकेको छ ।
गौतमको जिम्मेवारी फेरिएसँगै मन्त्रालयमा सहप्रवक्ता समिरकुमार अधिकारीले नै प्रवक्ताको कार्यभार तत्कालका लागि सम्हाले रेग्मीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।