काठमाण्डौ – सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन सबैलाई आग्रह गरेको छ ।
शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न आग्रह गरेका हुन् ।
सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने बताए । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने प्रवक्ता गौतमले जानकारी दिए ।
उनले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएकाहरु आइसोलेशन सेन्टर या अस्पतालमा जानु नपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।