आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

देउवाको समर्थनमा यी एमाले नेताहरुले गरे सर्वोच्चमा दिन लागिएको रिटमा हस्ताक्षर

देउवाको समर्थनमा यी एमाले नेताहरुले गरे सर्वोच्चमा दिन लागिएको रिटमा हस्ताक्षर

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 11.1K
    SHARES

  • देउवाको समर्थनमा  यी एमाले नेताहरुले गरे सर्वोच्चमा दिन लागिएको रिटमा हस्ताक्षर

    काठमाडौँ – विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन्।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागिएको हो।

    देउवाको पक्षमा हस्ताक्षर गर्नेमा माधव कुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण कायस्थ ,भवानीप्रसाद खापुङलगायत छन्।

    देउवाका पक्षमा गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन्। उनीहरुले पार्टी अध्यक्षको बिरुद्दमा नलाग्ने बताएका छन्।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिने तयारी गरेका छन्।

    हस्ताक्षर संकलन र अन्य प्राविधिक काम नसकिएकाले गठबन्धनले आज रिट दर्ता गर्न भ्याएन्। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भोली बिहान रिट दर्ता गरिने जानकारी दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend