सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

माधव नेपालले नयाँ पार्टी पार्टी खोल्ने भएपछि ओली निकट नेताहरू तिलमिलाए

माधव नेपालले नयाँ पार्टी पार्टी खोल्ने भएपछि ओली निकट नेताहरू तिलमिलाए

  • मिडिया डबली
  • आइतवार, जेठ ९ २०७८

  • 7.0K
    SHARES

  • माधव नेपालले नयाँ पार्टी पार्टी खोल्ने भएपछि ओली निकट नेताहरू तिलमिलाए

    काठमाडौं - यसपटक एमाले नेता माधवकुमार नेपालले ठूलै रिस्क लिन लागेका छन् । केपी ओलीको पेलान सहन नसकेपछि उनले नयाँ पार्टी खोल्न लागेका हुन् । नेता नेपालले नै नयाँ दल खोल्ने बताइसकेका छन् ।

    एमालेको १५ वर्षसम्म महासचिव भएर चलाएका एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नयाँ पार्टी गठन गर्ने भएपछि ओली क्याम्पमा भने भुइँचालो गएको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, महेश बस्नेतलगायत धेरै ओली निकट नेता तिलमिलाउन थालेका छन् ।

    एमाले फुटतर्फ जाँदा उनीहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । फुट र विभाजन कसैको हितमा नहुने भन्दै केही नेताले जिम्मेवार बन्न आग्रह गरेका छन् ।

    गोकुल बास्कोटाले भने फुटेर जान चेतावनी दिएका छन् । ‘कसले के भने जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब–प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो।गुनासोको काम छैन,’ बास्कोटाले लेखेका छन् ।

    शंकर पोखरेलले लेखेका छन्– ‘विधि र पद्धतिको कुरागरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उलंघनको कीर्तिमान कायम भएको सुन्नुपर्दा दुःख लाग्ने रहेछ।’

    भर्खरै केपी ओली क्याम्पमा प्रवेश गरेका योगेश भट्टराईले लेखेका छन्– कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौं ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend