काठमाडौं – हिंसात्मक राजनीतिक पृष्ठभूमिबाट उदाएको नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमानमाथि गोली प्रहार गरिएको छ ।
बुधवार राति पाण्डे र ईयाजमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो ।
जिल्लाको तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवामा पाण्डेमाथि अपरिचित समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान र उद्देश्यबारे पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
नेताका शरीरका २ भागमा गोली लागेको छ । गोली प्रहारलगत्तै कपिलवस्तुमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।
माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिव रामचन्द्र साहले घटनाबारे थाहा पाएपनि थप विवरण प्राप्त नभएको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।