काठमाडौं - हिजोसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको नयाँ सरकार गठन गर्न लबिङ गर्दै हिँडेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज (बुधबार) १८० डिग्रीमा फन्को मारेका छन् । अहिले उनी पूर्वप्रधानमन्त्री होइन, नयाँ अनुहारलाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठाउन थालेका छन् ।
आज बिहानै सामाजिक सञ्जालमार्फत जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुरामले नयाँ सरकार गठनबारे चार बुँदे अवधारणा सार्वजनिक गरेका छन् ।
उनले पूर्व र वर्तमान प्रधानमन्त्रीबाहेक सबै दलको सहभागितामा सर्वदलीय सरकार गठन, दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरू रहेको निर्देशक समिति, साझा न्यूनतम कार्यक्रम कोभिडसम्बन्धी, संविधान संशोधन, आर्थिक प्याकेजसहित तथा एक वर्षभित्र निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बाबुरामको यो प्रस्तावले जसपाबाटै कसैलाई नयाँ प्रधानमन्त्री बनाउन खोजिएको त होइन भन्ने प्रश्न उब्जेको छ ।
बाबुरामको यो प्रस्तावले ठूला दल सरकार चलाउन असफल भएको सन्देश जाने स्पष्ट छ । त्यसैले उनको यो प्रस्तावमा सामान्य छलफल होला भनेर कसैले विश्वास गरेको छैन ।
राजनीतिक विश्लेषकहरू बाबुराम आफैं प्रधानमन्त्री बन्न खोजिरहेको आशंका पनि व्यक्त गर्छन् । तर, अहिले बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना निकै कमजोर रहेको देखिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।