आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन प्रस्ताव, कांग्रेसको यस्तो निर्णयको चौतर्फी तारिफ

पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन प्रस्ताव, कांग्रेसको यस्तो निर्णयको चौतर्फी तारिफ

  • मिडिया डबली
  • मंगलवार, बैशाख २१ २०७८

  • 20.3K
    SHARES

  • पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन प्रस्ताव, कांग्रेसको यस्तो निर्णयको चौतर्फी तारिफ
    फाइल तस्वीर

     काठमाडौं- कम्युनिस्ट सरकार राजनीतिक नियुक्ति र भ्रष्टाचारमा रमाइरहेका बेला नेपाली कांग्रेस भने जनताको सेवामा लागेको छ । सरकारले कोरोना संक्रमितको उपचार गर्न सक्दिनँ भनेर हात उठाएपछि कांग्रेसले अग्रसरता लिएको हो ।

    कांग्रेस नुवाकोटले कोभिड–१९ संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना भएको भन्दै आफ्नो कार्यालयमा अस्थायी कोभिड अस्पताल बनाउन प्रस्ताव गरेको छ ।

    जिल्ला सभापति जगदिशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका बेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेका हुन् ।

    ‘स्वास्थ्य जस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन केही हुन सक्दैन,’ सभापति केसीले भने, ‘संक्रमितको उपचारका लागि विदुरस्थित पार्टी कार्यालय रहेको नवनिर्मित भवनमा १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गर्दछु ।’

    सभापति केसीले जिल्लामा संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भएको गुनासो आउन थालेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

    ‘नुवाकोटका नागरिकहरुको जीवनरक्षाको लागि कांग्रेस नुवाकोट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, हरबखत् हरपल कांग्रेस सधैँ जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु,’ केसीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend