काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बिहीबार शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदैछन् ।
डा. भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना हुन लागेका जनाइएको छ ।
डा. भट्टराईको काठमाडौंको वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गर्ने भएको छ ।
डा. भट्टराई आज अस्पताल भर्ना भएपनि शल्यक्रिया भने शुक्रबार हुने भएको छ । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि डा. भट्टराईले भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए ।
वायोप्सी परीक्षण, सिटी स्क्यानसहित अन्य परीक्षणबाट ट्युमरमा क्यान्सर नभएको यकिन भएको थियो । शल्यक्रियाबाट ट्युमर चाँडै नै फाल्नुपर्ने सुझाव दिल्लीका चिकित्सकले दिएका थिए ।
चिकित्सकको सुझाव अनुसार नै डा. भट्टराईले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गर्न लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।