आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी बैठक नै छाडेर डा. बाबुराम भट्टराई अस्पतालतिर, भर्ना गर्ने तयारी

पार्टी बैठक नै छाडेर डा. बाबुराम भट्टराई अस्पतालतिर, भर्ना गर्ने तयारी

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 24.6K
    SHARES

  • पार्टी बैठक नै छाडेर डा. बाबुराम भट्टराई अस्पतालतिर, भर्ना गर्ने तयारी

    काठमाडौं – पार्टी बैठक चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पतालतिर लागेका छन् ।

    राजनीतिक निकासका लागि छलफल गर्न आज मंगलवार जसपाको पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बेला भट्टराई बैठक नै छाडेर अस्पतालतिर लागेका हुन् ।

    डा. भट्टराईले नियमित स्वास्थ्य जाँचका लागि अस्पताल जानुपर्ने भएकाले बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रोशन पोखरेलले बताएका छन् ।

    अध्यक्ष डा. भट्टराईको पेटमा समस्या देखिएसँगै केही समययता उपचार जारी रहेको छ । केही महिनाअघि भट्टराई उपचारका लागि भारत समेत गएका थिए ।

    पोखरेलले भने, ‘भारत गएपछि इन्डाक्राइनको ट्युमर लोकेट भएको थियो, त्यसको अपरेसन बाँकी नै छ । अहिले वीर अस्पतालमा प्री टेस्ट भइरहेको छ, अब १–२ दिनमा भर्ना हुन्छ ।’ डा. भट्टराईलाई अस्पताल भर्ना गर्ने तयारी रहेको पोखरेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend