सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

मेरियट होटलको वार्ता ‘नाटक मञ्चन’ मात्रै, ओलीले माधव पक्षलाई आजै थप कारबाही गर्ने

मेरियट होटलको वार्ता ‘नाटक मञ्चन’ मात्रै, ओलीले माधव पक्षलाई आजै थप कारबाही गर्ने

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 6.7K
    SHARES

  • मेरियट होटलको वार्ता ‘नाटक मञ्चन’ मात्रै, ओलीले माधव पक्षलाई आजै थप कारबाही गर्ने

    काठमाडौं - गत बुधबार र बिहीबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नागपोखरीस्थित पाँचतारे होटेल मेरियटमा भेटवार्ता भयो ।

    ओली र नेपालबीच चार महिनापछि संवादहीनता तोडिएकोमा एमाले पार्टी पंक्तिमा खुसियालीको माहोल छायो । तर, भेटवार्ताको दोस्रो दिन ओलीले माधव पक्षलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएपछि एमाले पार्टी पंक्तिमा निराशा छाएको छ ।

    ओलीको दम्भ धरहराभन्दा पनि अग्लो भएको माधव नेपालले सार्वजनिक नै गरिसकेका छन् । आफ्नै पालामा आफूले सुरु गरेको धरहरा बनाएर उदघाटन पनि गरेपछि ओली अहिले मैमत्त बनेका छन् ।

    शनिबार बिहान धरहरा उदघाटन गरेका ओलीले मध्यराति नै एमालेको केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएर आजै माधव नेपाल पक्षलाई कारबाही गर्ने संकेत दिएका छन् ।

    स्रोतका अनुसार आजै ओलीले माधव पक्षका नेतालाई स्पष्टीकरण चित्तबुझ्दो नभएको, पार्टी विभाजनमा लागेको आरोप लगाउँदै कारबाही गर्ने तयारी गरेका छन् ।

    गत बुधबार र बिहीबारको ओलीले माधव नेपालसँग गरेको भेटवार्ता नाटक मात्रै भएको बताइएको छ । ‘मैले त मिलाउने कोसिस गरेकै हुँ, तर उहाँहरू मान्नु भएन’ भन्ने देखाउन ओलीले माधव नेपालसँग वार्ताको मञ्चन गरेको बुझिएको छ ।

    ओली पक्षले माधव पक्षलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा हिँडेको आरोप लगाउँदै आएको छ । यदि अहिले नै ओली पक्षले माधव नेपालसहितका नेतालाई कारबाही गरे जेठ ७ गते हुने भनिएको राष्ट्रिय सभा निर्वाचनमा त्यसको असर पर्ने अनुमान गरिएको छ ।

    ओलीले एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई बागमती प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend