काठमाडौँ- चर्चित गायक तथा गीतकार कस्तुप पन्तको लोकदोहोरी गीत ‘सिलौटोमा चटनी...’ सार्वजानिक भएको छ । नेपाली साँगितिक यात्रामा विगत २ दशकदेखी क्रियाशील पन्तले नयाँ बर्षको आगमन सँगै ‘सिलौटोमा चटनी’ बोलको गित मंगलबार सार्वजानिक गरिएको हो ।
गीत रिलिज भएको क्षणभरमै हलचल ल्याइदिएको छ । छोटो समयमा ब्यापक चर्चामा आएको गीतले सबैको मनमा बस्न सफल भएको छ ।
कस्तुप पन्तले आफ्नै यूटुव च्यानल मार्फत गित सार्वजानिक गरेका हुन् । गितमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीको संयुक्त आवाज रहेको छ ।
उत्कृष्ट शव्द र सोही अनुसारको लय सिर्जना गरेका पन्तले गितको सम्पूर्ण पक्ष राम्रो बनेको दावी गरेका छन् । गितको संगित संयोजन आशिष अविरलले गरेका हुन् ।
अहिलेसम्म सुपरहिट गित दिएका पन्तले निकै मेहेनतका साथ गित बजारमा ल्याएको बताए । गितको म्युजिक भिडिओ पनि निकै आर्कषक बनेको छ ।
नेपाली साँगितिक क्षेत्रका चर्चित गायक कुलेन्द्र विश्वकर्मा, रामजी खाँड, ज्योती मगर र प्रिती आलेको संयुक्त अभिनय रहेकाले पनि गितलाई निकै चासोको रुपमा हेरिएको छ । उक्त गितको निर्देशन चर्चित निर्देशक शंकर बिसिले गरेका हुन् हुन् भने अमृत चापागाईको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।