आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बुढानिलकण्ठबाट देउवाको सन्देश, माओवादीले समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठन

बुढानिलकण्ठबाट देउवाको सन्देश, माओवादीले समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठन

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 5.1K
    SHARES

  • बुढानिलकण्ठबाट देउवाको सन्देश, माओवादीले समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठन

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेवित्तिकै नयाँ सरकार गठन हुने बताएका छन् ।

    नयाँ सरकारको नेतृत्व कांग्रेसले नै गर्ने उनले स्पष्ट पारेका छन् । तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको उनको भनाइ छ । ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् ।

    ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् ।

    अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ,’ आज बिहान बुढानिलकण्ठस्थित निवासमा साहित्यकार श्रीराम श्रेष्ठको नयाँ पुस्तक विमोचन गर्दै देउवाले भने ।

    देउवाले नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । उनले ओलीसँग प्रचण्डको द्वन्द्व बढे पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिनुले गम्भीर आशंका उब्जिएको पनि बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend