आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतमा आतंक मच्चाइरहेका माओवादीसँग साँठगाँठ गर्दै नेपाली माओवादी, खुल्यो रहस्य !

भारतमा आतंक मच्चाइरहेका माओवादीसँग साँठगाँठ गर्दै नेपाली माओवादी, खुल्यो रहस्य !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 6.9K
    SHARES

  • भारतमा आतंक मच्चाइरहेका माओवादीसँग साँठगाँठ गर्दै नेपाली माओवादी, खुल्यो रहस्य !

    काठमाडौं – माओवादका नाममा १० वर्ष नेपालमा हत्याहिंसा गरेर आतंक मच्चाएका नेताहरू शान्ति प्रक्रियामा आएको भनेर सत्ताको स्वाद चाखिरहेका छन् । तर नेपाली माओवादीहरूले भारतमा आतंक मच्चाइरहेका माओवादीसँग भित्रभित्रै साँठगाँठ गरिरहेको रहस्य खुलासा भएको छ ।

    आज बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले भारतीय माओवादीले भारतमा गर्ने आन्दोलनका कार्यक्रममा समर्थन रहेको बताए ।

    अध्यक्ष किराँतीले भारतका माओवादीले भारतीय विस्तारवादविरुद्ध संघर्ष गरिरहेकाले समर्थन रहेको स्पष्ट पारेका छन् । नेपाल–भारत सम्बन्धमा नै असर पर्ने गरेर किराँतीले गम्भीर अभिव्यक्ति दिएका छन् ।

    आतंक फैलाइरहेका भारतीय माओवादीलाई समर्थन गर्ने बताएका अध्यक्ष किराँतीले नेपालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको पार्टीसँग सहकार्य हुनसक्ने समेत बताए ।

    आगामी निर्वाचनलाई उपयोग गर्ने योजना रहेको र गठबन्धनका रूपमा प्रचण्ड वा बाबुरामको पार्टीलाई रोज्न सकिने अध्यक्ष किराँतीले बताएका छन् । 

    अध्यक्ष किराँतीले संविधानलाई जनयुद्धको आधा उपलब्धीका रूपमा स्वीकार गरिसकेकाले आगामी निर्वाचनमा भाग लिने बताए । उनले वर्तमान संविधानलाई आधा उपलब्धीका रूपमा लिएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend