काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शासनकालमा शान्ति सुरक्षाको अवस्था खस्किँदै गएको छ ।
सिरहा जिल्लाको लहान नगरपालिका–२२ मा सुनचाँदी पसल गरेका व्यवसायी युवकमाथि लुटेरा समूहले गोली हानेर हत्या गरेको छ । मृतकको नाम खुलिसकेको छैन ।
लुटेराले युवककी पत्नीमाथि समेत गोली हानेको र गम्भीर अवस्थामा उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताएका छन् । एसपी भण्डारी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार गोली प्रहारबाट मारिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए । पत्नीसँग पसलमै बसेका बेला लुटेरा समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।