आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीका यी ४ सांसदलाई बर्खास्त गर्ने प्रक्रिया अगाडि बढ्यो

माओवादीका यी ४ सांसदलाई बर्खास्त गर्ने प्रक्रिया अगाडि बढ्यो

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 5.4K
    SHARES

  • माओवादीका यी ४ सांसदलाई बर्खास्त गर्ने प्रक्रिया अगाडि बढ्यो

    काठमाडौं – पार्टी परित्याग गरी नेकपा एमालेतिर लागेका सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गर्ने कार्य केन्द्रमा भइसकेको बेला २ नम्बर प्रदेशमा समेत कारवाही प्रक्रिया अगाडि बढेको छ ।

    नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

    माओवादीले संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक नयाँ चयन गरेको छ । दलको नेतामा भरतप्रसाद साह, उपनेता जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह र सचेतकमा रुबी कर्णलाई मनोनित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

    एमालेतिर लागेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको संसदीय दलका नेता भरतप्रसाद साहले बताएका छन् ।

    स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा पार्टीमा नफर्किए पार्टीबाट निष्कासन गरिने साहले बताएका छन् । संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमै छन् ।

    २ नम्बर प्रदेशमा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन् । पार्टीले निष्कासन गरेमा दल त्याग गरेको मानिने र सांसद पद समेत गुम्ने प्रावधान रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend