पोखरा – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
गण्डकी प्रदेशसभा बैठकमा बुधवार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु अनैतिक बताउँदै बाहिरिएको बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी २ मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको बताएका छन् ।
माओवादीका २ मन्त्रीले राजीनामा बुझाए पनि गण्डकीमा राष्ट्रिय जनमोर्चाको समर्थन कायम रहेसम्म मुख्यमन्त्री गुरुङ सुरक्षित देखिएका छन् । कूल ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद रहेका छन् भने जनमोर्चाका ३ सदस्य छन् ।
बहुमत पुग्न ३१ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।