शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले अपनायो युग सुहाउँदो विधि, देशैभर उत्साह !

कांग्रेसले अपनायो युग सुहाउँदो विधि, देशैभर उत्साह !

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 5.8K
    SHARES

  • कांग्रेसले अपनायो युग सुहाउँदो विधि, देशैभर उत्साह !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी १४ औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झण्डै ५ लाख क्रियाशील सदस्यता प्रविष्ट (इन्ट्री) गरेको छ ।

    कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रुपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । 

    पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।

    केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलवारसम्म करीब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको बताएका छन् ।

    ‘६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको छ, केही जिल्लामा समायोजन टुंगिन बाँकी छन्, केही जिल्लाले विवरण पठाउन नै ढिला गरिरहेका छन् । त्यसले गर्दा सुरू कार्यतालिका पनि प्रभावित भएको छ,’ उनले भने ।

    ढुंगानाले गत शुक्रवारसम्म मात्रै ४ लाख ८० हजार जनाको सदस्यता नवीकरण र नयाँ विवरण इन्ट्री भएको बताए । 

    कांग्रेसले अघिल्ला महाधिवेशनमा कागजी प्रक्रियामार्फत सदस्यको विवरण राख्दै आएकोमा यस पटक सदस्यता वितरणलाई अनलाइन प्रणालीबाट व्यवस्थित रुपमा इन्ट्री गर्दै आइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    तर सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, बर्दिया, बाँके, कैलाली, रुकुम पूर्व र डोल्पाबाट सदस्यताको विवरण अनलाइन प्रणालीमा इन्ट्री नै भएको छैन । यीमध्ये केही जिल्लामा पार्टी समायोजनको काम बाँकी रहेको छ ।

    कांग्रेसले आगामी भदौमा हुन गइरहेको महाधिवेशनको कार्यतालिकामा १० चैतसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो । निर्धारित मिति नाघेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाइसकेको छ ।

    यसअघि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समयमै काम नसक्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने निर्णय समेत गरिसकेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend